भारी बर्षाले सिंहदरबारको पर्खाल भत्कियो

अ+
अ
अ-

काठमाडौं– लगातारको बर्षाले देशैभरको जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकासहित देशैभर परिरहेको भारी बर्षाले विभिन्न ठाँउमा पहिरो समेत गएको छ । यसैबीच गएराति बिहिबारदेखि परेको अबिरल बर्षाका कारण देशकै मुख्य प्रशाशनिक केन्द्र रहेको सिंहदरबारको पर्खाल समेत भत्किएको छ ।

पूर्वी गेट नजिकैको पर्खाल भत्किदा सवारी आवागमनमा समेत बाधा परेको छ । यसअघि बिहीबार रातिदेखि परेको निरन्तरको वर्षाले ललितपुरस्थित पुल्चोक प्रहरी प्रभाग अगाडिको रूख ढलेको थियो ।  रूख ढले पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।