चिप्लिएको यति एयरलाइन्समा सवार दुई यात्रु घाइते

अ+
अ
अ-

काठमाडौं– यति एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चिप्लिदा दुई जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान नेपालगञ्जबाट आएको विमान अवतरणका धावनमार्गमा चिप्लिएको हो ।
एटीआर–७२ विमानमा चालक दलका सदस्यसहित ७० जना यात्रु सवार थिए ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार यतिवेला धावन मार्गमै जहाज चिप्लिएका कारण विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन समय लाग्ने विमानस्थल स्रोतले जनाएको छ ।