धैरै सोझो नहुनुस्, वनमा सोझा रुख नै का*टिन्छन्

अ+
अ
अ-

काठमान्डौ: इतिहासमा आचार्य चाणक्यको विवेक र चतुर्याँईंको सधैं चर्चा हुने गर्छ। उनको यो क्षमता समय बित्दै जाँदा पनि कहिल्यै असान्दर्भिक भएको छैन । आचार्य चाणक्यले आफ्नो अनुभव, ज्ञान र वुध्दिको कौशलले जीवनमा सफलता प्राप्त गर्ने अनेकौं नीति बनाए । जसको आजसम्म पनि उत्तिकै महत्व रहेको छ ।

ती नीतिहरु उत्तिकै जीवन उपयोगि र सान्दर्भिक रहेको विद्वानहरु नै स्वीकार्छन् । भनाई नै छ जसले चाणक्य नीतिको सही तरिकाले पालना या अनुशरण गर्दछ,उसले जीवनमा सधैं सफलता नै पाउनेछ । संकटबाट बच्न सक्छ । धेरै सोझो भएर बस्नु हुँदैन। बनमा गएर हेर्नुस् त सोझा रुखहरू नै का*टिएका छन्। बाङ्गाचाहिँ उभिएकै छन्।

चाणक्य भन्छन्, विगतको शो*क गर्नुहुँदैन। भावीको चिन्ता किन गर्नु! बरु वर्तमानमा प्रवृत्त हुनुपर्छ। सामर्थ्यवान् व्यक्तिका लागि कुन काम कठिन हुन्छ? व्यवसाय गर्नेका लागि कुन ठाउँ टाढा हुन्छ? विद्वानका लागि विदेश कुन हो? मीठा वचन बोल्नेका लागि परा इ को छ?

प्रतिक्रिया दिनुहोस्