भारतले खाली मालवाहक सवारीलाई कडाई गरेपछि भारतीय मालवाहक सवारी भाडामा व्यापक वृद्धि

अ+
अ
अ-

विराटनगर, २६ असार । भारतीय स्थानीय प्रशासनले समय अवधि तोकेर विराटनगर नाका भएर जाने खाली मालवाहक गाडीहरुलाई भारत प्रवेशमा रोक लगाएपछि भारतीय गाडीको ढुवानी भाडा बढेको छ । भारतको कोलकाताबाट विराटनगर सम्मको ढुवानी भाडा प्रति मेट्रिक टन १ हजार ९ सय भारतस्य रुपैया रहदै आएकोमा खाली गाडीहरु फर्काउन समस्या परेको भन्दै ढुवानीकर्ताहरुले ढुवानी भाडा प्रति मेट्रिक टन ३ हजार ९ सय भारु पु-याएका छन् ।

भारतीय सिमावर्ती बजार जोगबनीमा जामको समस्या भन्दै भारत तर्फको स्थानीय प्रशासनले नेपालमा सामान पु¥याएर फर्किएका खाली सवारी साधनलाई आईसिपी भएर बेलुका ७ बजे देखि ९ बजेसम्म मात्र फर्कन पाउने व्यवस्था गरेको छ । यसले गर्दा सामान ल्याउने भन्दा पनि फर्कन समस्या आएको ढुवानीकर्ताहरुले बताएका छन् । भारतीय स्थानीय प्रशासनले आयात निर्यात नै प्रभावित हुने गरी कच्चा पदार्थ बोकेका सवारी साधन निर्वाध भित्रिन रोक लगाएको छ । यसैगरी कच्चा पदार्थ पु¥याएर फर्किएका खाली सवारी साधनहरु मुख्य नाकाबाट फर्किने समय बिहान ६ बजे देखि ८ बजे सम्म २ घण्टा मात्र दिएको छ ।

सीमाक्षेत्रमा आयात निर्यातमा समस्या भएपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगहरुलाई प्रतिदिन ५ हजार सम्म गाडी र कन्टेनर डिटेन्सन थपिएको मोरङ व्यापार संघका उपाध्यक्ष अनुपम राठीले जानकारी दिनुभयो । विराटनगर भंसार नाका भएर दैनिक ३ सय वटा मालवाहक गाडी नेपाल भित्रिदै आएको र त्यत्तिकै संख्यामा भारत तर्फ फर्किने गरेकोमा सीमाक्षेत्रको अवरोधका कारण अहिले १ सय ५० वटा मात्र गाडीहरु मुख्य नाका भएर भित्रिने गरेको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।