गुहार माग्दै प्रहरी समक्ष पुगिन् नायिका शिल्पा पोखरेल

अ+
अ
अ-

काठमाडौं, २५ असार । निर्देशक तथा पति छविराज ओझाबाट निरन्तर हातपात भएको भन्दै नायिका शिल्पा पोखरेल उनीबिरुद्ध उजुरी दिन प्रहरी समक्ष पुगेकी छिन्। आफ्नो ज्यू-ज्यानको सुरक्षा गराई पाउँ भन्दै प्रहरी समक्ष पुगेकी छिन् । नायिका पोखरेलले आफ्नै श्रीमानबाट असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएपछि यो घटना सार्वजनिक भएको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीका अनुसार श्रीमानबाट असुरक्षित भएको भन्दै नाायिका पोखरेलले शान्ति सुरक्षा पाऊँ भनी उजुरी दिएकी हुन्। उनले पोखरेलको उजुरीबारे बुझ्ने क्रम चलिरहेको र दुवै पक्षलाई छलफलका लागि बोलाइएको जानकारी गराए । नायिका रेखा थापासँग पारपाचुके गरेर बसेका निर्माता छविराजले नायिका शिल्पा पोखरेललाई २०७३ सालको दशैंमा गोप्य रुपमा चौथो श्रीमतीको रुपमा भित्र्याएका थिए ।

लामो समय उनीहरुले आफ्नो विवाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले विवाह गरिसकेको बताएका थिए । शिल्पालाई चलचित्र ‘लज्जा’ मार्फत फिल्मी क्षेत्रमा छविले नै डेब्यू गराएका थिए । त्यसपछि छवि कै ब्ब्यानरमा शिल्पाले‘ हवलदार सुन्तली’, ‘मंगलम’ जस्ता चलचित्रमा काम गरिसकेकी छिन् ।