महेन्द्रनगर । गतबर्ष करणी पछि मारिएकी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले जागिर पाएकी छन्। उनलाई कन्चनपुरकै भिमदत्त नगरपालिकाले कार्यलयमा सहयोग गर्नेगरी जागिर दिएको हो। उनलाई दैनिक हाजिरीको आधारमा पारिश्रमिक पाउनेगरी जागिर दिईएको भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बताएका छन् ।
केही महिना अघिबाटै दुर्गादेवी पन्तले आफुलाई परिवार धान्न गाह्रो भएको भन्दै नगर पालिका कार्यालयमा निवेदन दिँदै आएकोले नगर पालिकाको निर्णय अनुसार नै उनलाई जागिरका लागि नियुक्त दिईएको मेयर विष्टले बताएका छन् । उनका पति अर्की श्रीमतीसँग फरक बसेकाले आफुलाई घरपरिवार धान्न गाह्रो भएको बताउदै आएकी थिईन् ।
कमजोर आर्थिक अवस्था भएकी दुर्गादेबी लाई भिमदत्त नगर पालिकाले जागिर दिएको हो । दुर्गादेबीका श्रीमान भने अर्कै श्रीमती संग बस्दै आएका छन् । निर्मला पन्त पारिवारिक अवस्था कमजोर भएको भन्दै जागिरको लागि नगरपालिका मा निबेदन समेत दिएकी थिइन । भिमदत्त नगर पालिकाका मेयर सुरेन्द्र विष्टले पनि उनलाई कानुन भित्र रहेर जागिर दिएको पुष्टि गरेका छन।



