यस्तो छ आजको सुनचाँदीको मूल्य, किन्ने होइन ?

अ+
अ
अ-

काठमाडौँ, असार २६ । आज बिहिबार सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाले बढेको हो ।

बुधबार प्रतितोला ६४ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य तोलामा ६४ हजार ७ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

साथै आज तेजावी-सुनको मुल्य प्रतितोला ६४ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले बढेर प्रतितोला ७ सय २५ रुपैयामा कायम रहेको महासंघले जनाएको छ । चाँदी बुधबार तोलामा ७ सय २० रुपैयामा कारोबार भएको थियो ।