नौ दिन अघि बुटवल जान हिँडेका अधिकारी सम्पर्कविहीन, कहिँ कतै भेटिए खबर गरिदिन परिवारको अनुरोध

अ+
अ
अ-

नवलपरासी- नवलपरासीका एक युवा नौ दिन देखी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु–२ कोलुवाका सौगात अधिकारी रहेका छन् । उनी बेपत्ता भएपछि परिवार चिन्तामा रहेको छ ।असार १७ गते घरबाट बुटबल जाने भनेर हिँडेका २८ वर्षीय अधिकारी त्यसपछि घर नफर्किएको बताइएको छ ।

अधिकारीलाई कसैले देखे भेटेको भए खबर गरिदिन परिवारले अनुरोध गरेको छ । कावासोतीमा कन्सल्ट्यान्सी दर्ता गरेर कार्यालय खोल्न सजावटको काम समेत सकिसकेका बेला उनी एकाएक सँमर्क बिहीन भएका हुन् ।

अभिकारीलाई कसेले देखे वा भेटमा फोन नम्बर ९८४७२५३७७६, ९८६७८५६१४२, ९८०१०८६४२६, ९८१८५५६५६३ मा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिउको छ ।