आज पनि देशभर थोरै स्थानमा ठूलो पानी पर्ने

अ+
अ
अ-

काठमाडौँ- देशभर मनसुन सकृय भएको छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज पनि देशभर बदली र वर्ष हुने छ । हिजो पनि दिनभर धेरै जसो स्थानमा पानी परेको थियो ।

हाल देशभरको मौसम पूर्ण बदली रहेको मौसमविदले बताएका छन् । मध्य र पूर्वका केही स्थान र पश्चिमका धेरै स्थानमा मनसुनी वर्षा भइरहेको र दिनभर यस्तै रहने जनाइएको छ ।

पश्चिमका केही र मध्य तथा पूर्वका थोरै स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । आउँदो २४ घण्टासम्म पनि मनसुनी न्यूनचापीय रेखा नेपालको पूर्वदेखि पश्चिम तराईका क्षेत्रमा रहिरहने बताइएको छ । मनसुन सकृय भएपछि किसानलाई रोपाइको चटारो रहेको छ ।