भोजपुरमा बिप्लब समूह र प्रहरी बिच दोहोरो भि*डन्तमा मा*रिएका प्रहरी जवान सञ्जिव सांसदका ब*डिगार्ड थिए !

अ+
अ
अ-

काठमान्डौ , भोजपुर भि*डन्तमा मा*रिएका प्रहरी जवान सञ्जिव राई लामो समयसम्म नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सु*रक्षा गा*र्ड थिए।भोजपुरबाट निर्वाचित संघिय सांसद तथा नेकपा केन्द्रीय सदस्य सुदन किरातीसँग लामो समय बसेका सञ्जिव मिलनसार र काम प्रति निष्ठावान थिए।सांसद किराँतीले घ*टनाले दुखी बनाएको बताए। उनले आफू जिल्लामा रहँदा लामोसमय सञ्जिव आफ्नो सु*रक्षामा खटिने गरेको संस्मरण गरे।

‘सारै असल र मिहेनती थिए,’ सांसद किराँतीले भने ‘भोजपुरमा लामो समय मेरो ब्यक्तिगत सु*रक्षामा खटिएका थिए।’उनका अनुसार भि*डन्तमा मा*रिने प्रशान्त उपनाम भएका निरकुमार भोजपुर बोयाकै स्थायी बासिन्दा हुन्। ‘प्रशान्त (निरकुमार राई) पनि हामीसँगै काम गरेका हुन,’ किराँतीले भने ‘केही दिनदेखि भोजपुरमै सक्रिय रहेछन्।’राईको साथबाट प्रहरीले एक थान चाइनिज पेस्तोल, र पाँच राउण्ड गो*ली ब*रामद गरेको छ ।