प्रधानमन्त्रीको स्वागतकालागि हिलाम्य बाटोमै रातो कार्पेट

अ+
अ
अ-

काठमाडौ / त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम भयो । प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे । कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो । त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो । कार्यक्रममा बाेल्दै प्रधानन्त्री ओलीले मुलुकमा प्राविधिक जनशक्तिको आवश्यकता कति छ भन्ने विषयमा सरकारले छुट्टै कार्यदल बनाएर अध्ययन गर्न लागेको जानकारी दिएका छन् । कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले अब बन्ने शिक्षा नीतिमा प्राविधिक शिक्षालाई विशेष प्राथमिकता दिने बताएका छन् ।