चर्चित भारतीय गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी दर्ता, कारण यस्तो

अ+
अ
अ-

एजेन्सी-चर्चित भारतीय गायक हनी सिंह विरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ । भारतिय मिडियाका अनुसार गीतमा महिला विरुद्ध अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेको छ । उनको भर्खरै मात्र रिलिज भएको गीत अति छाडा र खेदजनक शब्दको प्रयोग गरेको भन्दै सामाजिक संजालमा पनि छाएका छन् ।

उनलाई पंजाबको राज्यको महिला आयोगले पंजाबको मोहाली स्थित मतौर प्रहरी कार्यालय उजुरी दिएको बताइएको छ । आयोगकी अध्यक्ष मनीषा गुलाटीले यसअघि पंजाबका गृह सचिब र प्रहरीका उच्च अधिकृतहरुलाई पत्र लेख्दै गायक हनी सिंहलाई कारबाही गर्न आग्रह गरेकी थिइन् ।

महिला विरुद्ध आपत्तीजनक शब्दहरुको प्रयोग भएकोले उक्त गीत राज्यमा प्रतिबन्ध लगाउन उनले माग समेत गरेको बताइएको छ ।