ललितपुरको भैंसेपाटी प्रहरी प्रभागको कडा सुरक्षा घेराबाट यसरी भागे ३ कैदी

अ+
अ
अ-

काठमाडौं । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागबाट तीन थुनुवा भागेका छन् । घटना हो सोमबार रातीको । गएराती ललितपुरको भैंसेपाटी स्थित प्रहरी प्रभागबाट ग्रिल उप्काएर तीन थुनुवा भागेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरी- डकैति मुद्दामा थुनुवा परेका २ र लागुऔषध मुद्दाका अभियुक्त फरार भएका हुन् । ग्रिल उप्काएर भागेका ३ जनाको खोजकिार्य भइरहेको प्रहरी स्रोतले जानकारी दियो । फरार अभियुक्तको नाम(परिचय भने खुलाउन प्रहरीले चाहेन ।