अ+
अ
अ-
काठमाडौँ । आज मंगलबार पनि सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार यता सुनको मुल्य लगातार स्थिर रहेको छ ।
सोमबार प्रतितोला ६४ हजार ५ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आजपनि यहि मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी-सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ७ सय २० रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।



