अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १० बिहार स्थित मुग्लिन बजार भन्ने ठाउँमा बा १६ च ६३८१ नम्बरको सुजुकी ट्याक्सी सोमबार दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन ।
जिल्लाको मालारानी गाउँपालिका वडा नं ४ सितबाट सन्धिखर्कको लागी हिडे ट्याक्सी सालझण्डी सन्धिखर्क ढोरपाटन सड्क अन्तगर्त रोडबाट करिब १२ मिटर तल खेतमा खस्दा उक्त दुर्घटना भएको हो। दुर्घटनमा परि ५ जना भिम प्रसाद घिमिरे ,मालारानी -४,बिमला घिमिरे -मालारानी -४ ,शोभाखर घिमिरे -मालारानी -४,बिकास भुसाल -मालारानी- ५,अशोक खडका -मालारानी -५ (चालक ) रहेका छन। घाईतेहरु मध्ये ३ जनालाई बुटवल रिफर गरिएको छ । दुई जनाको जिल्ला अस्पाताल सन्धिखर्कमा उपचार भैरहेको छ । गाडि स्पीड भएकाकारण दुर्घटना भएको अनुमान गरिएको हो । गाडि चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुशन्धान गरिरहेको जनाएको छ ।यस अगाडि अर्घाखाँचीको सुपा र शीतगङ्गामा पनि ठूलो दुर्घटना भएको हो ।



