अ+
अ
अ-
काठमाडौँ – सिरिन्ज आक्रमणमा संलग्न भएको आरोपमा बनेपाबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा वालिङ नगरपालिका(१३ घर भई बनेपा बस्दै आएका ३४ वर्षीय खगेन्द्रप्रसाद पाठक रहेका छन् ।
बसमा यात्रा गरिरहेकी एक महिलालाई सिरिन्ज हानेको आरोपमा उनी पक्राउ परेका हुन् ।आफ्नो शरिरमा तिखो वस्तुले घोपेपछि आत्तिएर महिला कराएपछि पाठकलाई स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका हुन् ।
बसभित्रै पाठकले सिरिन्ज हानेपछि यात्रुहरुले कुटपिट गरी बाहिर निकालेको र प्रहरीलाई बुझाएका थिए । पिडित महिलालाई उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइउको छ । । उनी हाल वालिङको सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराउदै आएको खुलासा भएको छ ।



