विराटनगर / विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरेका हुन् । यस विषयमा लिएर विवाद पनि भएको थियो । सडक विस्तारमा विवाद भएपछि छलफलका लागि पुगेका बेला आलमलाई एकै घरका दाजु भाईले हेल्मेट प्रहार गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सन्तोष र विजय साहलाई प्रहरीले शनिबार साँझ नै छाडिदिएको छ । अरुको भन्दा आफूहरुको धेरै जग्गा सडकमा पारेको उनीहरुको आरोप थियो । इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाले वडा अध्यक्षकै आग्रहमा कुटपिट गर्नेलाई आगामी दिनमा यस्ता घटना नदोहो¥याउने सर्तमा छाडिएको बताए । ‘वडा अध्यक्षमाथि कुटपिट भए पनि कुटपिट गर्नेका विरुद्ध जाहेरी नपरेपछि कारवाही अघि बढाउन सकिएन,’ उनले भने, ‘सामान्य विवाद रहेको भन्दै दुई पक्षबीच मिलापत्र भएका कारण कुटपिटमा संलग्नलाई छाडिएको हो ।’



