बेलबारी मेयरकपको उपाधि केराबारीको पोल्टामा

अ+
अ
अ-

बेलबारी । मोरङको बेलबारीमा सम्पन्न मेयरकपको उपाधि पथरी शनिश्चरे नगरपालिकाको टिमलाई हराउँदै केराबारी गाँउपालिकाले जितेको छ ।
शनिबार बेलबारी ३ टुक्रे खेलमैदानमा भएको खेलमा केराबारीले पथरीशनिश्चरे लाई ० – २ गोल गर्दै पराजित गरेको हो । खेलको पहिलो हाफको ३६ औँ मिनेटमा केराबारीका मनिष लिम्बुले पहिलो गोल गरेका थिए भने दोस्रो हाफको ३५ औँ मिनेटमा केराबारीकै भुवन बस्नेतले दोस्रो गोल गरेका थिए । प्रतियोगितामा बिजयी टिमले नगद १ लाख ५१ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गरेका छन । खेलमा जिल्लाका ११ स्थानीय तहका १२ वटा टिम सहभागी भएका थिए । फाईनल खेल हेर्न हजारौ दर्शकहरु सो खेलमैदानमा उपस्थित भएका थिए ।