कुवेतमा नेपाली कामदारको मृत्यु

अ+
अ
अ-

दोहा / कुवेतमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । बागलुङ गल्कोट घर भएका तारा बहादुर बिकको उपचारको क्रममा अस्पतालमै मृत्यु हो । बिकलाई अकस्मात उच्च रक्तचाप भएपछी उनका साथीहरुको सहयोगमा उपचारका लागी फर्वानिया अस्पताल पुर्याइएको मृतकका साथी बसन्त पंगेनीले जानकारी दिए । सन् २००८ मा कुवेत आएका बिक हाल कुवेतको आम्घारा स्थित नुर ग्लास फ्याक्ट्रीमा कार्यरत थिए । उनि पुरानो कम्पनि छोडेर नुर ग्लास फ्याक्ट्रीमा आएका थिए । मृतक विकको घरमा बाआमा श्रीमती, दुई छोरा रहेका छन् ।