एजेन्सी । सलमान खान र कट्रिना कैफ अभिनित फिल्म भारतले अहिले भारतमा मात्र नभएर विश्वभर नै हंगमा मच्चउन सफल भएको छ । रिलिज भएको केही दिनमा नै २ सय करोड कमाइ रहेको फिल्मले राम्रो ब्यापार गरिरहेका बेला चर्चित भारतीय नायिका तथा अमेरिकन बुहारी प्रियंका चोपडाले सलमान खान र चलचित्र भारतको खिल्ली उडाएकी छिन् ।
सुरुमा सलमानले प्रियंकालाई अवसर दिएको तर पछि क्याट्रिनाले अभिनय गरेको भन्ने समाचारहरु भाइरल बनिरहेका बेला प्रिय.काले आँफुले उक्त फिल्ममाकाम नर्गनुको पछाडीको कारण बताएकी छिन् ।
प्रियंका चोपडाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्मको संज्ञा दिँदै भनिन् , ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’
र आँफुले भारत छाडेर द स्काई इज पिंक नामक फिल्म रोजेको प्रतिक्रिया दिइन् । प्रियंका चोपडाले सलमानको भारतबारे यस्तो टिप्पणी गरेसँगै अब सलमानले कस्तो प्रतिक्रिया दिने हुन् त्यो भने हेर्न बाँकी नै छ ।



