निखिलको ‘आयो भैरव’को धमाधम स्क्रिप्टको काम हुँदै, नायिका को ?

अ+
अ
अ-

काठमाडौँ । नायक निखिल उप्रेतीले अर्को फिल्म ‘आयो भैरव’ लिएर दर्शकमाझ आएका छन् । हाल ‘आयो भैरव’ को धमाधम स्क्रिप्टको काम भैरहेको निर्माण यूनिटले जनाएको छ ।

निखिल आफैले निर्देशन गर्ने यो फिल्ममा उनी प्रहरीको भूमिकामा देखिदैछन् । ‘भैरव’ चलचित्रमा मधेसको कथा उठान गरेका निखिलले यसपटक भने काठमाण्डौमा काम गर्ने एक प्रहरीको कथालाई मुख्य विषय बनाएको जानकारी दिए ।

निखिलले चलचित्र बनाउने तयारी गरिरहँदा यो चलचित्रमा नायिका कसलाई लिने भन्ने विषयमा अहिलेसम्म तय भइनसकेको निर्माण पक्षले जनाएको छ । ‘आयो भैरव’मा नायिका संचीता हुने संभावना भन्ने प्रश्नमा निखिले पुरै खुलाएनन् ।

‘माया त माया हो’मा काम गरेपछि प्रेममा परेको यो जोडीले विबाह गरेसँगै अहिले उनीहरुले खुशीसाथ जिन्दगी बिताइरहेका छन् । लामो समयपछि दर्शकहरुले पनि निखिल र संचितालाई पर्दामा हृर्न चाहेका छन् ।