भ्रष्टाचारीहरुको दिनगन्ति सुरु भएको भ्रष्टाचर बिरोधी अभियन्ता ज्ञानेन्द्र शाहीको दाबी

अ+
अ
अ-

काठमाडौं : भ्रष्टाचार बिरोधी अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीहरुको दिनगन्ति सुरु भएको बताएका छन् । नेपालका लागि नेपाली अभियान द्धारा सोमबार बुटवलमा आयोजित भ्रष्टाचार बिरोधी कार्यक्रममा बोल्दै शाहीले भ्रष्टा चार बिरोधी अभियान सुरु भैसकेकाले अब भ्रष्टाचारीहरुको दिनगन्ति सुरु भएको बताए ।

भ्रष्ट नेताहरु कि सुध्रिनुपर्छ नसुध्रिए जनताले कानूनी कठघरामा उभ्याउने भन्दै उनले त्यसको परिणाम छिट्टै देखिने दाबी गरे। जनताले चाहे जस्तोसुकै परिवर्तन पनि सम्भव रहेको बताउदै उनले त्यसको ज्वलन्त उदाहरण माइतीघर मण्डलाको आन्दोलन भएको स्मरण गराए । नेपाली जनताहरु भ्रष्टाचार बिरोधी र भ्रष्टाचारको पक्षपाती गरी दुई पक्षमा उभिनुपर्ने समय आएको बिचार व्यक्त गरे ।

हिजो चप्पल लगाएर राजनीति गरेका नेताहरुसँग आज करोडौ र अरबौंको सम्पत्ति कसरी जम्मा भयो भनेर एक पटक सबैले सोच्नुपर्ने भन्दै उनले भ्रष्टाचरीलाई कार्बाही नगरे सम्म मुलुक समृद्ध बन्न नसक्ने मात्रै नभएर कंगाल बन्ने दाबी गरे । सबै पार्टीहरुमा अहिले भ्रष्टाचारीहरुकै बोलवाला रहेको भन्दै उनिहरुले भ्रष्ट र पुराना नेताहरुलाई पाखा लगाएर नयाँ पुस्ता नेतृत्वमा आउनुपर्ने बताए ।