पूर्वयुवराज पारस र हिमानीकी छोरी पूर्णिका शाहले पाइन् नेपाली नागरिकता

अ+
अ
अ-

काठमाडौं, १९ असार । पूर्वयुवराज पारस शाहकी छोरी पूर्णिका शाहले मंगलबार नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र लिएकी हुन् । पूर्णिकालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले नागरिकताको प्रमाणपत्र दिएका थिए।

उनको जन्म २०५७ साल मंसिर २७ गते मंगलबार भएको थियो । उनले स्नातक तहको अध्ययन पूरा गरेकी छिन् । नागरिकताको प्रमाणपत्र लिन उनी आमा हिमानी शाहसँगै जिल्ला प्रशासन कार्यलय पुगेकी थिइन् । छोरीको नागरिकता आमा हिमानीले सनखत गरि दिएकी छिन्। नागरिकता बनाउन उनकी बुवा पारस शाह भने गएका थिएनन्।

हिमानी र पारसको सम्बन्ध विग्रिएका कारण लामो समयदेखि सँगै देखिएका छैनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट बंशजको आधारमा उनले नेपाली नागरिकताको प्रमाणपत्र लिएकी छिन । पूर्णिकालाई काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य ले नागरिकताको प्रमाणपत्र दिनुभएको हो ।