महिला उद्यमी आयुसी केसी भन्छिन – ‘कवाडी सामान भेला पार्छु र त्यसैको काम गर्छु भन्दा सबै हाँस्थे’

अ+
अ
अ-

१८ असार, काठमाडौं : मानिस कसरी सफल हुन्छ ? उसले कुन समयमा के कस्ता निर्णय गर्दा सफलता हात पार्यो? कस्ता संघर्ष र साधनाले सफल बनायो? सफल व्यक्तिबाट समाजले के सिक्ने ? के विद्यार्थीको करिअर निर्माणमा सफल व्यक्तिको जीवनी प्रेरणादायी बन्न सक्छ ? यस्ता जिज्ञासालाई समेटेर शिलापत्रले विभिन्न व्यक्तित्वसँग निरन्तर संवाद गर्नेछ ।

आजको शृंखलामा सामाजिक अभियन्ता, महिला उद्यमी आयुसी केसी छन। ‘अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ)को जागिर छाडेर कवाडी सामान भेला पार्छु र त्यसैको काम गर्छु’ काठमाडौं विशालनगरकी २९ वर्षीया आयुसी केसीले यसो भन्दा सबै हाँस्थे । उनका अभिभावक र आफन्तले उनलाई भन्थे, ‘त्यति राम्रो जागिर छाडेर फोहोर उठाउने काम गर्नुभन्दा बरु विवाह गरेर घरजम गर ।’

तर, आयुसीले आफ्नो मनले अह्राएको काम नै गर्ने निधो गरिसकेकी थिइन् । अन्ततः उनले यही व्यवसायमा आफूलाई स्थापित गरिन। उनको जीवन, भोगाइ र सफलताबारे थाहा पाउन लागि प्रदीप बस्नेतले महिला उद्यमी आयुसी केसीसँग लिएको यो भिडियो अन्त र्वार्ता हेर्नुहोस् ।