डेन्टनमा हराएका दुई वर्षीय बालक सर्वेश गुरूङ यस्तो अबस्थामा फेला , शोकमा परिवार

अ+
अ
अ-

काठमाडौँ-टेक्ससको डालस क्षेत्रस्थित डेन्टनबाट मंगलबार दिउँसो हराएका दुई वर्षीय नेपाली बालक सर्वेश गुरूङ मृत फेला परेका छन् । बालकको परिवार बसिरहेको अपार्टमेन्ट कम्प्लेक्समा पार्क गरी राखिएको छिमेकीको गाडीमा मृत फेला परेको समाचारमा जनाइएको छ ।

सर्वेशकी आमाले उनलाई दिउँसो सुताएकी थिइन्। केहीबेरपछि कोठामा हेर्दा उनी सुतेका ठाउँमा नभएको बताइएको छ । सर्वेशका बाबु स्थानीय नर्थ टेक्सस युनिभर्सिटीमा पीएचडी गरिरहेका छन्।
बालकको मृतयु पछि परिवार शोकमा रहेको छ ।