अ+
अ
अ-
काठमाडौं / काठमाडौँको गोंगबुस्थित गेष्ट हाउसमा एक युवाकाे शव भेटिएकाे छ । मंगलबार साँझ आफ्नी प्रेमिकासँग गोंगबुको शुभकलश गेष्ट हाउसमा बस्न पुगेका युवक मृत अवस्थामा भेटिएका हुन् ।
गेष्ट हाउसको १०४ नम्बर कोठमा २५ वर्षीय प्रमोद गुरुङको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार होटलको कोठामा गाँजा खाएर फालिएका चुरोटका ठुटा र यौन उत्तेजनावर्द्धक औषधि भियग्रा भेटिएको छ । काभ्रे घर भएका गुरूङको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रहरीले हाल गुरूङकी प्रेमिका र होटलका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।


