काठमाडौं – आज सूर्यग्रहण लाग्दैछ । सूर्यग्रहण एक प्रकारको ग्रहण हो जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचबाट जान्छ तथा पृथ्वीबाट हेर्दा सूर्य पूर्ण अथवा आंशिक रूपमा चन्द्रमाद्वारा छेकिन्छ । भौतिक विज्ञानको दृष्टिले हेर्दा यदि सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँछ भने चन्द्रमाको पछाडि सूर्यका किरणहरू केही समयका लागि छेकिन्छन , त्यसै अवस्थालाई सूर्यग्रहण भनिन्छ। पृथ्वीले सूर्यको परिक्रमा गर्छ भने चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छ । कहिले काहीँ चन्द्रमा, सूर्य र पृथ्वीको बीचमा आउँछ। त्यसबेला सूर्यको केही या सबै प्रकाश छेक्दछ । जसले गर्दा धर्तीमा आंशिक या पूर्ण अँध्यारो फैलिन्छ ।
यस घटनालाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहणको घटना सदा सर्वदा अमावस्या तिथीमा नै पर्दछ । आज राती लाग्ने सुर्यग्रहण यस बर्षको एकमात्र सूर्यग्रहण हो । यो सुर्यग्रहण ६ हजार माइलको दुरीबाट गुज्रने बताइएको छ । रातीको समयमा सुर्यग्रहण लाग्ने हुनाले नेपाल लगायत एसियाली देशमा देखिनेछैन । यो सुर्यग्रहण प्रशांत महासागर र दक्षिण अमेरिकाबाट भने देख्न सकिने बताइएको छ । चार मिनेट ३३ सेकेण्डसम्म चल्ने सुर्यग्रहण चिली र अर्जेंटीनाको केही भाग र दक्षिण प्रशांत क्षेत्रबाट देख्न सकिने बताइएको छ ।
बैज्ञानिकहरुका लागी यो समयमा गर्भवती महिलाले सुर्यग्रहण लाग्दा आफ्ना बच्चाको सुरक्षामा प्राथमिकता दिनुपर्दछ । सुर्यग्रहण लागेपछी पूजा पाठ गर्नु निकै जरुरी हुन्छ । पूजापाठको लागी घरलाई शुद्ध पार्नुपर्दछ । सूर्यग्रहण लाग्दा चक्कु, कैची, सियो धागो प्रयोग गर्नुहुदैन । खासमा गर्भवती महिला ग्रहण लाग्दा बाहिर निस्किन नहुने जानकारहरु बताउँछन् ।



