अ+
अ
अ-
इटहरी । उद्योग बाणिज्य संघ ईटहरीमा नयाँ नेतृत्व आए सँगै बिहिबार बन्द हुँदै आएको इटहरी बजार अब शनिबार बन्द हुने भएको छ । असार १४ गते भएको उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा व्यवसायीहरूले बजार कुन दिन बन्द गर्ने भन्ने विषयमा मतदान नै गरे । मतपरिणाम अनुसार बिहिबार बन्द हुने मा १७७४ मत र शनिबार मा २८३३ मत प्राप्त भएको छ । जस अनुसार अब इटहरी बिहिबारको सट्टा शनिबार बन्द हुनेछ ।
विहिबार वा शनिबार बजार बन्द गर्ने विषयमा व्यवसायीहरु विभाजित भएपछि ठुलो विवाद सुरु भएको थियो । आधा व्यवसायी विहिबारको पक्षमा र आधा व्यवसायी शनिबारको पक्षमा बाँडिएका थिए । उद्योग वाणिज्य संघले तत्काल समस्या समाधान गर्न नसक्दा झण्डै मुडभेडको अवस्था आएको थियो । तर यसको अन्तिम निर्णय निर्वाचन मार्फत गरिने भने पछि विवाद मत्थर भएको थियो ।



