आज ह्वात्तै घट्यो सुनको मुल्य

अ+
अ
अ-

काठमाडौँ, असार १६ । आज साताको दोस्रो दिन अर्थात् सोमबार सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको मूल्यआज तोलामा ५ सय रुपैयाले घटेको हो ।

आइतबार प्रतितोला ६५ हजार रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य आज तोलामा ६४ हजार ५ सय रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।साथै आज तेजावी(सुनको मुल्य प्रतितोला ६४ हजार २ सय रुपैयामा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार तोलामा ७ सय ३० रुपैयामा कायम रहेको चाँदीको मुल्य आज पनि सोहि मुल्य ९७ सय ३०० मा कायम रहेको महासंघले जनाएको छ ।