समाचार

लागुऔषधसहित तीन युवक पक्राउ

सिरहा / सशस्त्र प्रहरीको टोलीले सिरहा नगरपालिका–१७ माडरबाट प्रतिबन्धित लागुऔषधसहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरबाट खटिएको टोलीले जाँचका क्रममा लागुऔषधसहित उदयपुरको कटारी नगरपालिका–१ निवासी १७ वर्षीय राहुल घलेमगर, २० वर्षीय दिबहादुर खत्री र २० वर्षीय मिलन माझीलाई पक्राउ गरेको सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट माडरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । भारतबाट पैदल आउँदै गरेका तीनै जनालाई शङ्का लागेर जाँच गर्दा लागुऔषध १०० ट्याब्लेट निट्राजिपाम बरामद भएकाले पक्राउ गरिएको प्रहरी निरीक्षक शाहीले बताउए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *