समाचार
बसुन्धरा हुमागाँई विजयी भए महत्त्वपूर्ण जिम्मेवारी दिने दाहालको घोषणा

फागुन १०,
काभ्रेपलाञ्चोक ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्प कमल दाहालले काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँईलाई विजयी गराएर पठाए महत्त्वपूर्ण जिम्मेवारी दिने उद्घोष गर्नुभएको छ।
काभ्रे–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै संयोजक दाहालले बसुन्धरा जस्तो सादगी, इमानदार तथा विकासप्रेमी उम्मेदवारलाई जिताउन अपिल गर्नुभयो। उहाँले मन्त्री भइसकेका र बेदाग छवि बनाएका हुमागाँईलाई काभ्रेली मतदाताले विश्वासका साथ समर्थन गर्ने विश्वास व्यक्त गर्नुभयो।
दाहालले काभ्रेका मतदाता सचेत रहेको उल्लेख गर्दै क्रान्तिका समयमा इमानदारी देखाएका कार्यकर्ताहरूले समर्पण र त्यागका साथ विजय सुनिश्चित गर्ने आशा व्यक्त गर्नुभयो।
उहाँले निर्वाचनपछि काभ्रेलाई मन्त्री पदको अवसर मिल्ने संकेतसमेत गर्नुभयो। उम्मेदवार टिकट वितरणकै दिन हुमागाँई कृषि मन्त्री बन्नेगरी जितको शुभकामना दिएको प्रसंग पनि उहाँले स्मरण गर्नु भयो ।

