समाचार
सुनसरीमा डेंगुको महामारी,नियन्त्रणको प्रयास जारी
सुनसरी । सुनसरीमा केही महिनायता फैलिएको डेंगुले महामारीको रुप लिएको छ । शुरुमा धरानमा देखिएको डेंगु अहिले ईटहरी,ईनरुवा लगायतका स्थानमा समेत फैलिएको छ । ईनरुवामा त एकैघरका ७ जना परिवारमा डेंगु फैलिएको छ । ईटहरीमा समेत दर्जनौ डेंगुका बिरामी फेला परेका छन । डेंगु नियन्त्रणका लागी औषधी छिटने लगायतका काम भईरहेपनि डेंगु नियन्त्रणमा आउन सकेको छैन ।



