समाचार

जापानबाट आयो दुखद खबर, हृदयघात भएपछि तीन वर्ष अघि जापान गएका घर्ती रहेनन

बागलुङका एक नेपाली युवाको जापानमा हृदयघातका कारण मृत्यु भएको छ । गल्कोट घर भएका ४० वर्षीय भविलाल घर्तीको हृदयघातका कारण मृत्यु भएको बताइएको छ ।

उनी कुक भिषामा तीन वर्ष अघि जापान गएका थिए । घर्तीको जापानको साईतामा केनमा मृत्यु भएको हो । र घर्ती नेपाल आर्मीको अवकाश प्राप्त पछि जापान गएका थिए ।

शनिवार राती काम सकेर घर फर्कदै गर्दा रेलभित्रै हृदयघात भएर घर्ती बेहोस भएका घर्तीलाई लगत्तै एम्बुलेन्समा राखेर अस्पताल पुर्याईएपनि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए ।

जुलाई १२ तारिख शुक्रवारको दिन जापानमानै अन्त्येष्टि गरिने बताइएको छ । उनी जापानमा श्रीमतीसँगै बस्दै आएको र नेपालमा आमा, १६ र १३ वर्षिय २ छोराहरु रहेको बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *