समाचार
रामकुमारी झाँक्रीले माँगिन् कानूनमन्त्री तामाङको राजिनामा

काठमाडौं, ६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ एवम् सांसद रामकुमारी झाँक्रीले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजिनामा माँगेकी छिन् ।
बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गर्ने नेपाली महिला विद्यार्थीबारे कानुनमन्त्री शेरबहादुर तामाङले गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै सांसद झाँक्रीले मन्त्री तामाङको राजिनामा माँग गरेकी हुन् ।


