समाचार

आमासँगै गएका बालक खोलामा डुबे

खोलामा डुबेर आज एक बालकको मृत्युु भएको छ । पूर्वी चितवनको कालिका नगरपालिका–१० घर भई वडा नं ९ मा डेरा गरी बस्दै आएका विकास चेपाङका ६ वर्षीय छोरा सन्देशको खोलामा डुबेर मृत्युु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकैको कयर खोलामा आमासँगै गएका बेला नुहाउने क्रममा उनलाई खोलाले बगाएको थियो । सन्देशको शव कालिका नगरपालिका–८ मा फेला परेको हो । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *