समाचार

ताप्लेजुङबाट याेगेश भट्टराईको दाेस्राे पटक जीत

मंसिर, ८

काठमाडौ । ताप्लेजुङमा नेकपा एमालेका  युवा नेता योगेश भट्टराई निर्वाचित हुनु भएको छ।

निर्वाचन आयाेगकाे अन्तिम मतपरिणाम अनुसार भट्टराईले  २१ हजार ९४६ मत पाउनु भएको थियोे भने  निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका खेलप्रसाद बुढा क्षेत्रीले २१ हजार ७३८ मत पाउनु भयो ।

मतगणनाको  चरणबाटै योगेश झिनो मतले पछि पर्नु भएको थियो र  पछि फुङ्लिङ नगरपालिकाको मत गन्न थालेपछि भने योगेशले अग्रता लिनुभएकाे थियो ।

अघिल्लो निर्वाचनमा पनि भट्टराई  यहाँबाट निर्वाचित भएका हुनुभएको थियो । एमाले सचिव रहनु भएको भट्टराई तत्कालीन  पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि  मन्त्री हुनु भएको थियो।

मन्त्री हुनु अधि राम्रो छवि बनाउनु भएका भट्टराई मन्त्री हुदा पटकपटक विवादमा पर्नु भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *