समाचार

आफ्नै छोरीले दिईन आमाको ज्यान लिन १२ लाखको सुपारी

काठमाडौँ ईश्वरी भट्टराईले सात वर्षअघि अन्तरजातीय विवाह गरिन् । आमा सावित्रीलाई आफूसँगै भक्तपुर चाँगुनारायणको बाँसबारीस्थित घर ल्याइन् । आमा त्यतिखेर घरमा सौता भित्रिएकाले अलग्गै बस्दै आएकी थिइन् । ईश्वरीले घर पनि बनाइन् । छोरा पनि भए । छोरालाई हजुरआमाको साथ राखेर उनी काममा बाहिर जान पाउने भइन् । यही आइतबार बिहान ११ बजे भने चिताउँदै नचिताएको घटना भयो । ६० वर्षीया सावित्रीको घाँटी रेटेर कसैले हत्या गरेर भागेको देख्ने कोही भएन । किनभने उनले चार वर्षीय नातिलाई स्कुल पुर्‍याएर आएकी थिइन् । घरमा भएकी छोरी ईश्वरी पनि बाहिर हिँडिसकेकी थिइन् ।

घटनाको १० घण्टा बित्न नपाउँदै प्रहरीले तिनै छोरीलाई पक्राउ गर्‍यो जतिखेर छोरी रुवाबासीमा सामेल थिइन् । महानगरीय प्रहरी अपराध महाशाखाको विशेषटोलीले ईश्वरीसहित दुई भारतीय र एक नेपालीलाई विभिन्न ठाउँमा पक्राउ गर्‍यो । उनीहरूले जे बयान दिए त्यसले सामान्यतया कल्पना गर्न नसकिने अपराध कथाको छनक दियो । ८ कक्षामात्र पढेकी ईश्वरी बिहेपछि सिलाइकटाइ र गार्मेन्टमा काम गर्थिन् । म्युजिक भिडियो र फिल्म निर्माण क्षेत्रमा काम गर्ने उनका श्रीमान् सिनामंगल क्षेत्रमा होटल चलाउँथे । एक वर्षअघि भक्तपुरको कमल विनायकस्थित एक गार्मेन्ट फ्याक्ट्रीमा काम गर्दा सिरहा विष्णुपुर घर भई भक्तपुरको पुरानो थिमि बस्ने २३ वर्षीय अविवाहित मोहम्मद नौसादसँग ईश्वरीको चिनजान भयो । यो समाचार कान्तिपुर राष्ट्रिय दैनिक अखबारमा प्रकाशित छ। समाचार जनकराज सापकोटाले लेखेका हुन्।

चिनजान समयान्तरमा विवाहेतर सम्बन्धमा बदलियो । श्रीमान् घर नभएको मौका छोपेर नौसाद ईश्वरीलाई भेट्न घरमै आउँथे । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार नौसादको बारम्बार आउजाउका कारण आमालाई छोरीको घरबार बिग्रने चिन्ता थियो । सावित्रीले नौसादलाई आफ्नी छोरीको पछि लागेर घरबार नबिगार्न सल्लाह दिँदै हकार्थिन् । आमाको अवरोधका बीच पनि उनीहरूको सम्बन्ध रोकिएन । प्रहरीका अनुसार ईश्वरीका पति पनि त्यो सम्बन्धबारे धेरथोर जानकार थिए । पछिल्लो समय पतिपत्नीबीच सम्बन्धराम्रो थिएन, पति घर धेरै आउँदैनथे ।

छोरीको घरबार बिग्रने चिन्ताकै बीच सावित्रीले नौसादलाई एक लाख रुपैयाँ सापटी दिएर जेठ ३ गते रोजगारीका लागि दुबई पठाइन् । ईश्वरी र नौसादबीच फेसबुक रह्वाट्सएपमार्फत निरन्तर कुराकानी भइरह्यो । नौसादले भनेजस्तो काम पाएका थिएनन्, गतिलो आम्दानी पनि हुने देखेनन् । उनले ईश्वरीसँग मिलेर आफ्नो प्रेममा तगारो भएकी आमालाई पन्छाउने योजना बनाए । काम छाडेर उनी नेपालआउने तर एक साता कुनै भेटघाट र कुराकानी नगर्ने उनीहरूको सल्लाह थियो ।

अपराध महाशाखाका एसएसपी सहकुल थापाका अनुसार नौसाद काम छाडेर एक साताअघि नेपाल आए । उनले ढुंगे अड्डातिर गार्मेन्टमा काम गर्ने पुरानो साथी अर्जुन भनिने भोला कुमारलाई योजना सुनाए । केही दिनअघि भोला र नौसाद ईश्वरीको घर ‘रेकी’ गर्न गएका थिए । भारतीय नागरिक भोलाले एक्लैले काम गर्न नसक्नेबताएपछि १२ गते नौसाद र अर्जुन भारत गए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *