समाचार
राप्ती नदीमा डुबेर गुरुङको मृत्यु
चितवन – राप्ती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दिलबहादुर गुरुङ रहेका छन् । भरतपुर महानगरपालिका–२७ स्थित राप्ती नदीमा डुव्दा सोही ठाउँका ५८ वर्षीय दिलबहादुर गुरुङको मृत्यु भएको हो ।

प्रहरीले जनाए अुसार दिलबहादुर गुरुङ घाँस दाउरा गर्न जाँने क्रममा नदीमा डुवेका थिए। उनलाई बुधबार साँझ मृत अवस्थामा नदीमा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।


