समाचार
नेकपा एस बागमती प्रदेशकाे अध्यक्षमा भिम प्रसाद दाहाल निर्वाचित

फागुन ६ मंगलबार ,२०८१
काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी )काे प्रथम बागमती प्रदेश अधिवेशनबाट भिम प्रसाद दाहाल सर्बसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको छ। फागुन ३ गतेदेखि राजधानीमा सुरु भएको अधिवेशनले दाहाललाई बागमती प्रदेश अध्यक्ष निर्वाचित गरेको हो।
उक्त अधिबेशनले उपाध्यक्षहरु गोबिन्द नेपाली र राजु श्रेष्ठलाई चयन गरेको छ भने सचिब एल पि श्रेष्ठ, उपसचिव नानिराम चौलागाईं, निरु खरेल र दिपक धनुके निर्वाचित भएका छन् ।
बागमती प्रदेशमा काभ्रे जिल्लाबाट नवनिर्वाचित प्रदेश कमिटी सदस्यहरु हरि खडका, बि पि तिमल्सिना, रबिन्द्र राज सिपखान, राजु नेपाल, प्रेम कुमार तामाङ, रामदेवी तामाङ, जमुना सापकोटा, आकाश गौतम , भरत लामा, छबि हुमागाई, देवलक्ष्मी स्याउला, लोकेन्द्र सापकोटा, सन्जिता लामा, निशा लामा निर्वाचित भएका छन् । एकीकृत समाजवादी काभ्रे जिल्ला सचिव गाेकुल गौतमका अनुसार विजयी उम्मेदवार सबै काभ्रे जिल्लाबाट सर्वसहमत निर्वाचित भएका हुन् ।
यसै अबसरमा सचिव गौतमले नव निर्वाचित पदाधिकारी लगायत सम्पुर्ण सदस्यहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्नु भएको छ।


