समाचार
‘ठूला हाकिम’काे गाडीमा लक गर्ने ट्राफिक जवानमाथि यस्तोसम्म दबाब, युवाहरुले दिए सरकारको होस् उड्ने कडा चेतावनी
जथाभावी पार्किङ गर्ने भन्दै गृहमन्त्रालयका सह सचिव तथा प्रवक्ता रामकृष्ण सुबेदीको गाडीको चक्का लक गर्ने ट्राफिक जवान टीकाराम बुढामाथि चर्को दबाव परेको खुलेको छ । नियम सबैलाई बराबरी भनेझैं गरी काम गरेपछि सडकमै सम्मानित समेत भएका ट्राफिक जवानलाई गृहका प्रवक्ता सुवेदीले ‘हप्कीदप्की’ गरेको स्रोतको दाबी छ । प्रहरी संगठनको माथिल्लो निकायबाट समेत उनीमाथि दबाब आइरहेको बताइएको छ ।
ट्राफिक जवान बुढालाई सम्मान गर्ने १०० एस ग्रुपका पदाधिकारीले प्रहरी उपरिक्षक (एसपी) सँग कुरा गर्दा पनि समन्वयकारी भूमिका नखेलेको उनीहरुले बताएका छन् । बरु गृह प्रवक्ता सुवेदी सुबेदीले प्रयोग गरेको बा २ झ ४३८८ नम्बरको गाडी लाई ह्वील लक गर्ने ट्राफिक जवान बुढालाई नै एक हजारको चीट किन काटिस भनेर हप्कीदप्की लाउने गरेको ग्रुपका सदस्यले बताए ।

ट्राफिक जवान बुढाले शुक्रबार सिंहदरबारको पूर्वी गेट अगाडिको सडकमा अनाधिकृत रुपमा पार्किङ गरेर गाडी राखिएको सुवेदीले प्रयोग गर्दै आएको सरकारी गाडीलाई लक गरेर कारवाही गरेका थिए । सोही रिसमा उनीमाथि कुनै किसिमको दमन वा सरुवा गरे युवाहरु सडकमा उर्लिने १००एस ग्रुपको चेतावनी छ । राम्रो काम गर्ने प्रोत्साहन गर्नुपर्नेमा निरुत्साहित गर्न खोजे युवाहरु चुप लागेर नबस्ने भिडियो कुराकानीमा युवाहरुले चेतावनी दिएका छन् । हेर्नुहोस् माथिको भिडियो ।
