समाचार
चितवनमा दिनदहाडै बम विस्फोट भएपछि…
चितवन-चितवनमा बम विस्फोट हुँदा एकजना घाइते भएका छन् । चितवनको राप्ती नगरपालिका–६, पम्फाखोलामा आज दिउँसो बम विस्फोट हँुदा ठूलो दुर्घटना टरेपनि एकजना घाइते भएका छन् । पुलको छेउमा राखिएको शंकास्पद वस्तु समाउँदा विष्फोटमा परी राप्ती नगरपालिका–७ का ४३ वर्षीय राजन सिलवाल घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिलवालको हात र छातीमा सामान्य चोट लागेको छ । प्रहरीले उक्त विष्फोट प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहले गराएको हुनसक्ने अनुमान गरेको छ ।

