समाचार

कृष्णभीरमा दुर्घटना, दुई जनाको मृत्यु, ३२ जना घाइते

धादिङ / धादिङको बेनिघाटमा आइतवार भएको सवारी मा परी दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट चितवन तर्फ आउँदै गरेको लु १ ख ९०७९ नम्बरको बस र चितवनबाट काठमाडौं जाँदै गरेको बा ३ ख १००४ नम्बरको र बा २ ख ४५६७ नम्बरको माइक्रो बस आपसमा ठक्कर खाँदा दुर्घटना भएको धादिङ प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं पठाइएको जनाइएको छ । अन्य ७ जनाको गजुरी र २ जनाको चरौंदीमा उपचार भइरहेको छ । अन्य केही भने सामान्य उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *