समाचार
फ्रेन्च लिग वान : पिएसजीको अपराजित यात्रा तोडियो
काठमाडौं, २१ माघ । लिगको २१ औँ खेलमा आएर लिग लिडर पेरिस सेन्ट जर्मेन (पिएसजी) पराजित भएको छ । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा स्टार खेलाडी नेइमार बिनाको पिएसजीले लिगमा सिजनको पहिलो हार व्यहोरेको हो ।

आइतबार राति अवे मैदानमा भएको खेलमा पिएसजी लियोनसँग २–१ ले पराजित भएको हो । चोटका कारण मैदान बाहिर रहेका नेइमार बिनाको पिएसजीले सुरुवाति अग्रता लिए पनि हार टार्न सकेन ।

