समाचार
ओखलढुङगामा लडेर १ जनाको मृत्यु
ओखलढुङगा / ओखलढुङगाको सिद्धिचरण नगरपालिका-५ का ६० बर्षीय फुर्वाकाजी शेर्पाको लडेर मृत्यु भएको छ । बुधवार दिउँसो साढे ३ बजेको समयमा रुम्जाटारबाट घरतर्फ फर्कने क्रममा हिले भन्ने स्थानको बाटोबाट अचानक लडेर बाटोबाट अन्दाजी ३०० मिटर तल खस्दा शेर्पाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि रुम्जाटार अस्पताल पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


