दुई तलामाथीबाट खसेकी बच्ची युवाले समाए, विश्वभरी प्रसंशा गर्दै तस्वीर हुनथाल्यो सेयर

अ+
अ
अ-

काठमाडौ । भनिन्छ मानिस कहिलेकाही भगवान सावित बन्छ । मान्छेलाई समयम आएको छैन भने मृत्युको मुखमा पुगेको मान्छेपनि बाँच्न सफल हुन्छ । टर्कीको इस्तानबुलमा यस्तै भएको छ । एक १७ वर्षीय युवकले दुई तल्लामाथिबाट सडकमा खसेकी बच्चीलाई बीचैमा समातेका छन्। ती युवक सडकमा हिडिरहेका हुन्छन् र उनले बच्चीलाई खस्न लागेको देखेपछि निकै सुझबुझका साथ उनले झ्यालमुनि आएर जमिनमा पछारीन नपाउँदै च्याप्पै समात्छन्। ती बालिका यस्तो रफ्तारमा खसेकी थिईन् की उनी सडकमा बजारिएको भए सायद उनी जीवित नै रहने थिईनन् तर फ्युजीले उनलाई जीवनदान दिए ।

अल्जेरियाका फ्युजी जबातले नसमातेको भए ती बच्ची सडकमा बजारिन्थिन् र उनलाई जे पनि हुन सक्थ्यो। यसैले उनी अहिले विश्वभरी साक्षत भगवान भनेर फैलिएका छन् । उनले बालिकालाई बचाएको दृश्य सिसिटिभीमा कैद भएको थियो जुन भिडियो यतिबेला विश्वभर भाईरल बनिरहेको छ । उनको बहादुरी र मानवताको विश्वभरका दर्शकहरुले प्रशंसा गरिरहेका छन् ।

View Post