अ+
अ
अ-
विराटनगर । मोरङमा निर्माण भईरहेको शौचालयको सेफ्टी ट्याङ्कीमा थुनिदा निसासिएर ४ जनाको मृत्यु भएको छ । जिल्लाको सुनवर्षी नगरपालिका ९ डायनियामा नयाँ बन्दै गरेको शौचालयको सेफ्टी ट्यांकीको सेटरिङ्ग खोल्न पसेका पाँच जना मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताएका छन् ।
सो निर्माणाधिन शौचालय मस्जिद परिसर परिसरमा पर्दछ । मृत्यु भएका हुनेहरूमा ४५ वर्षीय कपिल आलम, २५ वर्षीय सहनवाज, २२ वर्षीय मोहम्मद ओसिब आलम, २० वर्षीय फिरोज आलम रहेका छन् । त्यस्तैगरी अचेत अवस्थामा फेला परेका सोही ठाउँका ४० वर्षीय दाउद मियाँ लाई सामान्य उपचार पछि घर फकाईएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताएका छन् ।



