अ+
अ
अ-
काठमाडौं -चन्द्रागिरी नगरपालिका–१२ बलम्वु दुरसञ्चार नजिकै एसईई परिक्षाको नतिजाको कारण शनिबार दिउँसो एक किशोरीले ज्यान फालेकी छन् ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका –७ घर भई चन्द्रागिरी १२ बलम्वु दुरसञ्चार श्री बलम्बु माविबाट यस वर्ष एसईई परिक्षा दिएकी सदीक्षा पौडेलले ज्यान फालेकी हुन् ।
एसईईमा ‘ए प्लस’ नतिजा नआएको भन्दै उनले यसतो गरेको बताइएको छ ।बलम्वु माध्यामिक विद्यालयबाट पौडेलको एसईईमा ३।६ जिपीए आएको थियो ।दीक्षाको शव शिक्षण अस्पताल महाराजगञ्ज पोस्टमार्टमको लागि पठाइएको प्रहरीले बताएको छ ।



