अ+
अ
अ-
काठमाडौँ । सरकारले लगातार पानी परिरहेकाले नदीको तटीय क्षेत्रमा रहेका मानिसहरुलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्रिय आपत्तकालिन उद्धार केन्द्रले सूचना जारी गर्दै विशेष गरी पश्चिमका राप्ती, बबई, कर्णाली र मोहना नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन भनेको हो । पश्चिमी क्षेत्रमा आइतबार बिहानैदेखि वर्षा भइरहेको हुँदा नदी तथा खोलाहरुमा बाढी आउन सक्ने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रदेश ४ को पश्चिमी भूभाग, प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेश आसपासका क्षेत्रमा पानी पर्ने क्रम रोकिएको छैन । सो आसपासका बासिन्दालाई सुरक्षित रहन केन्द्रले सूचना जारी गरेको हो ।



