विराटनगरका यि डनले कारले हानेर लिए आफ्नै साथीको ज्यान

अ+
अ
अ-

काठमाडौँ – कारको ठक्करबाट एक युवकको ज्यान गएको छ । घटना हो गएरातीको । विराटनगर महानगरपालिका-४ बरगाछीमा शनिवार राति करिब ११ बजे बा २० च ७४० नम्बरको कारले को ३५ प ५६३४ नम्बरको मोटरसाइकल ठक्कर दिँदा शंकरकुमार मिश्रको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक सोही महानगरपालिका-१२ का १९ वर्षिय शंकरकुमार मिश्रको ज्यान गरी ठक्कर दिने चालक डन लामा भने फरार छन् । शनिबार राती लामा र मिश्रले एकसाथ बसेर खाजा खाएको र उनीहरुबिच कुराकानीकै क्रममा भनाभन भएको र पछि उक्त भनाभनले उग्र रुप लिँदा घर फर्किने क्रममा मिश्र सवार मोटरसाइकललाई लामाले ठक्कर दिएर फरार भएको आशंका पिडितको परिवारले गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार लामा विराटनगरमा डनको रुपमा परिचित व्यक्ति हुन् । उनीहरुले गएराती मदिरा सेवन गर्दा नै स्थिती बिग्रिएको थियो । शनिबार रातिको
घटनापछि कार लिएर फरार भएका लामाको कार भने उनको घरमा रहेपनि उनी अहिलेसम्म सम्पर्क विहिन बनेका छन् । दुर्घटनामा घाइते भएका मिश्रको उपचारको क्रममा विराट नर्सिङ होममा गएरातिनै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।