कलेज टपर नेपालका ‘सञ्जु बाबा’लाई लाग्यो एचआईभी, महलबाट एकाएक झरे सडकमा, रुँदै आए मिडियामा

अ+
अ
अ-

काठमाडौंको सोह्रखुट्टेमा अप्रत्यासित रुपमा भेटिए ‘सञ्जु बाबा’ उर्फ सञ्जिव क्षेत्री । हामी रिपोर्टिङका लागि सोह्रखुट्टे गएका थियौं । हामीले सडकमा रहेका एक दम्पतिको स्टोरी गरिरहँदा आडैमा आएर बसे सञ्जु बाबा । अनि अनकनाउँदै कुरा गर्न खोजे हामीसँग । हामीले उनीबारे सोधपुछ गर्न थाल्यौं ।

कुराकानीका क्रममा उनले आफू एचआईभी पोजेटिभबाट ग्रस्त रहेको सुनाएपछि हामीलाई उनीबारे थप जान्ने हुटहुटी भयो । त्यसपछि सडकभन्दा थोरै पर भीडभाड नरहेको ठाउँमा लगेर उनीसँग कुराकानी गर्यौं । कुराकानीका क्रममा उनले आफू पछिल्लो १९ वर्षदेखि एचआईभी पोजेटिभबाट ग्रस्त रहेको बताए ।

ईलामका स्थायी बासिन्दा सञ्जिवले अंग्रेजी विषयमा ब्याचलर पास गरेका छन् । उनले काठमाडौंको बागबजारमा रहेको ग्यालेक्सी स्कुलमा पढाउँथे कुनै समय । तर, खराब संगतका कारण उनलाई एचआईभी लाग्यो । अहिले सडकमै बित्छ उनको दिनरात । उनलाई सुध्रिने मन छ । राम्रो वातावरण र सहयोगको खोजिमा छन् उनी । हेर्नुहोस् उनले हामीसँग रुँदै पोखेका आफ्ना व्यथा ।